नागरिकको बचत जोडिएको कोषमा जोखिमपूर्ण लगानी नगर्न वाग्लेको जोड
kalakarmi.com · Wed Sep 23 09:28:13 GMT 2026

काठमाडौं- कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालन गर्ने महत्वपूर्ण औजारका रूपमा अघि बढाउँदै जोखिम व्यवस्थापनमा विशेष ध्यान दिने बताएका छन् ।
बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले कोषमा सर्वसाधारणको बचत जोडिएकाले यसको लगानीमा सावधानी अपनाउनुपर्ने बताए । उनले भने, ‘नागरिक लगानी कोष २०४७ लाई संशोधन गर्न बनेको विधेयक २०८३ माथि भएको सैद्धान्तिक छलफलमा माननीय सदस्यज्यूहरूले सान्दर्भिक सुझावहरू, सल्लाहहरू, चिन्ता, चासोहरू राख्नुभएको छ । यो संस्थाले साच्चिकै धेरै नागरिक, नेपाली नागरिकहरूको जनजीवनसँग जोडिएकोले नै होला, यो संस्था पनि प्रिय र यसले गर्न खोजेको कुरा बारे यहाँहरूले जुन सकारात्मक धारणाहरू राख्नुभयो, त्यसको लागि पनि म धन्यवाद दिन चाहन्छु ।’
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)