आजको मौसम : लुम्बिनी प्रदेशमा हावा-हुरीको सम्भावना, गण्डकी, कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा
annapurnapost.com · Thu Mar 14 01:07:16 GMT 2024
काठमाडौं : नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग जनाएको छ। हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा बिहीबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)