मामेन्डर्फमा नेपाली टिमको डेब्यू
ekantipur.com · Sat May 27 16:50:19 GMT 2023
म्युनिक — जर्मनीको म्युनिकस्थित मामेन्डर्फमा फिन्च्त जुनियर फुटबलको ५४ औं संस्करणको रुपमा ‘भीआर बैंक कप २०२३’ शनिबार सुरु भएको छ । प्रतियोगितामा एक्लो बिदेशी र पहिलो नेपाली टिमको रुपमा सहभागि काठमाडौं किकर्स फुटबल एकेडेमीले यू १३ तर्फ सुरुका तीनै खेल हारेको छ ।
पहिलोपल्ट बिदेश यात्रा गरेको काठमाडौं किकर्सले पहिलो खेलमा एसभी सिलेन्बाखविरुद्ध २–० को हार बेहोर्यो । नेपाली युवा खेलाडीहरू जर्मन मैदानमा निक्कै अत्तालिएको देखिन्थ्यो । त्यसपछि दोस्रो खेलमा केही सुधारिएको प्रदर्शन गरेपनि उसलाई एससी उन्टरफाफेनहोफेनले सजिलै ४–० ले पराजित गर्यो । दिनको तेस्रो खेलमा काठमाडौं किकर्सले अघिल्ला दुवै खेल जितेको एफएसभी इचिङलाई भने कडा चुनौती दियो । तैपनि उसले हार टार्न भने सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)