भारी वर्षाको पूर्वानुमानपछि वायुसेवा सञ्चालक संघले भन्यो- उच्च सतर्कता अपनाएरमात्र उडान गर्नू
annapurnapost.com · Wed Sep 23 09:29:27 GMT 2026

काठमाडौं : वायुसेवा सञ्चालक संघले असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशमा मेघ गर्जनसहित हावाहुरी तथा भारी वर्षाको सम्भावना रहेकाले पूर्ण सुरक्षाको प्रत्याभूति गरेरमात्रै उडान सञ्चालन गर्न सदस्य वायुसेवा कम्पनीहरूलाई आग्रह गरेको छ।
संघले बुधबार जारी गरेको सर्कुलरमार्फत नेपाल मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार उक्त अवधिमा गण्डकी र लुम्बिनी प्रदेशका साथै अन्य प्रदेशका केही स्थानमा पनि मेघ गर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)