लिलामणी पौडेललाई चीनको राजदूत बनाउने तयारी
kathmandupati.com · Fri Mar 04 17:02:47 GMT 2022
काठमाण्डु – पुर्व मुख्यसचिव लीलामणी पौडेल चीनको राजदूत बन्ने पक्कापक्की भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पौडेलको पक्षमा अडान नछोडेपछी प्रधानमन्त्री शेरबहादुर देउवा उनलाई राजदूत बनाउन सहमत भएका हुन् ।
पौडेललाई यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले चीनबाट फिर्ता बोलाएको थियो । चीनमा छंदा पौडेललाई प्रधानमन्त्री ओलीको विरोधमा गतिविधि गरेको र माओवादी केन्द्रका अध्यक्ष दाहालको पक्षमा लविङ गरेको आरोपमा फिर्ता गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)