मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौं पठाइयोे
canadanepal.com · Wed Sep 23 09:39:23 GMT 2026

गोरखा - मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौं लगिएको छ। मनास्लुको फेदीमा रहेको चुमनुब्री–१ सामागाउँबाट बुधबार बिहान हेलिकप्टरमार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
भारतीय मूलका जर्मन नागरिक ध्रुवज्योति गुहा र उनका सहयोगी मकालु–२, संखुवासभाका फुर्सेम्बा शेर्पाको गत आइतबार राति तेस्रो शिविरमा हिमपहिरोमा पुरिएर मृत्यु भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)