जिल्ला प्रशासन कार्यालय धादिङले भन्यो– अत्यावश्यक कामबाहेक यात्रा नगर्नू
baahrakhari.com · Wed Sep 23 09:37:00 GMT 2026

काठमाडौं । जिल्ला प्रशासन कार्यालय धादिङले अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । असोज ९ देखि ११ गतेसम्म वाग्मती प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको कार्यालयले जनाएको छ ।
कार्यालयले यात्रा गर्नै परे अतिरिक्त कपडा, खानेकुरा, पानी, प्राथमिक उपचारसँग सम्बन्धित आधारभूत औषधि समेत बोक्न भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)