२० दिनमा दुई अर्ब ५४ करोड ९३ लाख राजस्व
nepalnews.com · Wed Sep 23 09:41:36 GMT 2026

मुस्ताङ। मुस्ताङ भन्सार कार्यालयले २० दिनमा दुई अर्ब ५४ करोड ९३ लाख राजस्व संकलन गरेको छ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रुपमा बन्द भएपछि नेपाल–चीन उत्तरी कोरला नाका हुँदै पैठारी गरिएका मालवस्तुबापत २० दिनमा उक्त राजस्व जम्मा भएको हो। रसुवाको भोटेकोशी बाढीपछि अधिकांश मालवस्तु कन्टेनर तथा विद्युतीय सवारी (इभी) गाडी र कन्टेनर रसुवागढी-केरुङ नाकाबाट रुट परिवर्तन भई कोरला नाका हुँदै नेपाल भित्रिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)