३६ अंकले घट्यो नेप्से सूचक, जीवन बिमा समूहमा सबैभन्दा बढी दबाब
aarthiknews.com

काठमाडौं । बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । इन्डेक्स ३६.२५ अंक अर्थात् १.३६ प्रतिशतले घटेर २ हजार ६१८.०३ विन्दुमा झरेको हो । आज कारोबार भएका कम्पनीमध्ये २३ कम्पनीको सेयर मूल्य बढ्दा २५३ कम्पनीको मूल्य घटेको छ । दिनभरमा ६ अर्ब ३५ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ।
नेप्सेसँगै अधिकांश उपसूचक पनि ओरालो लागेका छन् । सबैभन्दा बढी गिरावट जीवन बिमा समूहमा देखिएको छ। उक्त समूहको सूचक २.०४ प्रतिशतले घटेको छ । बजार घटेको दिन धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। त्यस्तै, सीवाइसी नेपालको सेयर मूल्य ५.४४ प्रतिशतले उकालो लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)