मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

गेटामा पहिलो पटक दूरबिन प्रविधिबाट घुँडाको शल्यक्रिया

rajdhanidaily.com · Thu Mar 27 23:24:22 GMT 2025

धनगढी । कैलालीको गेटा अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट घुँडाको शल्यक्रिया गरिएको छ । धनगढी उपमहानगरपालिकाको फूलबारीका १८ वर्षीय दिनेश गिरीको शल्यक्रिया गरिएको हो ।

गिरीलाई सेती प्रादेशिक अस्पताल धनगढीबाट रेफर गरिएको थियो । गेटा अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीका अनुसार गिरीको घुँडाको एसिएल इन्जुरीको शल्यक्रिया गरिएको गेटा अस्पतालले जनाएको छ । अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा. मोहन नाथ र मोहनचन्द्र जोशी तथा एनेस्थेसिया विशेषज्ञ डा.आशीष तिवारी र ओटी नर्सहरु रोशिना शाही, रेबिका विष्टको समूहले दूरबिन प्रविधिबाट शल्यक्रिया गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)