असोज २१ गते राप्रपाको प्रदेश अधिवेशन
onlinekhabar.com · Wed Sep 23 09:47:21 GMT 2026

७ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले असोज २१ गते प्रदेश अधिवेशन गर्ने भएको छ। पार्टी प्रचार विभाग प्रमुखसमेत रहेका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार सातै प्रदेशको अधिवेशन असोज २१ गतेका लागि तय भएको हो।
अहिलेसम्म ७२ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको उनको भनाइ छ। राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६-२८ गतेसम्म काठमाडौंमा हुँदैछ। जिल्ला अधिवेशन सम्पन्न भएसँगै प्रदेशको तयारी सुरु भएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)