स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारको तयारी, यसै वर्ष १२ ‘फ्ल्यागसिप’ कार्यक्रम ल्याइँदै
kalakarmi.com · Wed Sep 23 09:57:45 GMT 2026

काठमाडौं- युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले यसै वर्ष १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताएका छन् ।
बुधवार मन्त्रालयमा आयोजित सीप तथा रोजगार मेला २०८३ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले रोजगारी खोज्ने व्यक्ति र रोजगारदाताबीचको ‘मिसम्याच’ हटाउन सरकारले एकीकृत प्लेटफर्म निर्माण गरेको बताए । उनले भने, ‘रोजगारदाताले कामदार भेट्दैन र कामदारले चाहिँ रोजगारदाता भेट्दैन। यी दुइटाको मिसम्याच जुन छ, यो मिसम्याचलाई चाहिँ हामीले एउटा प्लेटफर्म बनाउनुपर्छ जहाँ चाहिँ दुवैजना भेटोस् र एकअर्काको जुन पदपूर्ति हुन्छ, आवश्यकता अनुसारको पदपूर्ति गरोस् भन्ने त्यही दिनबाट अठोट गरेर यस मन्त्रालयमा काम गरिरहेको अवस्था थियो ।’
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)