रसुवा बाढीपीडितको पहिचानका लागि डीएनए परीक्षण तीव्र बनाउन मन्त्री पुनको आग्रह
kendrabindu.com · Wed Sep 23 09:59:07 GMT 2026

ललितपुर । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) मा पुगेर रसुवा बाढीका मृतक तथा बेपत्ता व्यक्तिको पहिचानका लागि भइरहेको डीएनए तथा फरेन्सिक परीक्षणको अवलोकन गरेका छन्।
खुमलटारस्थित नास्टमा पुगेर उनीहरूले बाढी प्रभावित परिवारका आफन्तको डीएनए परीक्षणमा सहयोग गरिरहेका चिनियाँ विज्ञ टोलीसँग परीक्षणको प्रगति र प्रयोग भइरहेका प्रविधिबारे जानकारी लिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)