जोखिमयुक्त परिवारलाई सुरक्षित स्थानमा सार्न पत्राचार
gorkhapatraonline.com · Wed Sep 23 10:00:07 GMT 2026

भारी वर्षाको पूर्वानुमानसँगै फिदिम नगरपालिकाले बाढीपहिरोको उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न वडा कार्यालयलाई पत्राचार गरेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले असोज ८ देखि १२ गतेसम्म देशको विभिन्न भागमा हावाहुरी, चट्याङसहित भारी वर्षा हुने पूर्वानुमान गरेको छ । त्यसलाई ध्यानमा राख्दै नगरपालिकाले सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्व तयारी गर्न १४ वटै वडा कार्यालयलाई निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)