मन्त्री पुन र चिनियाँ राजदूतद्वारा निरीक्षण
barnanmedia.com · Wed Sep 23 09:58:11 GMT 2026

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को भ्रमण गरी चिनियाँ ‘डिएनए’ तथा ‘फरेन्सिक’ पहिचान विज्ञहरूले गरिरहेको कामको अवलोकन गर्नुभएको छ ।
ललितपुरको खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) मा पुगी आज उहाँहरुले रसुवा बाढीमा परेका मृतक तथा बेपत्ता व्यक्तिका परिवारको डिएनए परीक्षणमा सहयोग गरिरहेका विशेषज्ञ टोलीप्रति आभार व्यक्त गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)