सेयर बजार राताम्मे
rajdhanidaily.com · Wed Sep 23 10:06:26 GMT 2026

काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजारमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) तीन दिनपछि घटेर बन्द भएको हो। बुधबार नेप्से परिसूचक ३६.२५ अंक घटेर २६१८.०३ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ६.३३ अंक, फ्लोट इण्डेक्स २.६० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१९ अंक घटेको छ।
आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जीवन बीमा उपसमूहको परिसूचक २.०४ प्रतिशत घटको छ। बैंकिङ, विकास बैंक, वित्त, जलविद्युत, लगानी, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)