खाँडाचक्र जग्गा हिनामिना प्रकरण: भूमिसम्बन्धी आयोगका पूर्वअध्यक्ष बमसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर
canadanepal.com · Wed Sep 23 10:06:00 GMT 2026

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको खाँडाचक्र नगर विकास समिति र सरकारी स्वामित्वमा रहेको जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा गराएर भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन भूमिसम्बन्धी समस्या समाधान आयोग कालिकोटका अध्यक्ष धिरबहादुर बमसहित १२ जनाविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर गरेको छ।
अख्तियारका अनुसार कालिकोट जिल्लाको खाँडाचक्र नगर विकास समितिको स्वामित्वमा रहेको कित्ता नम्बर १७७२ तथा सरकारी प्रकृतिका कित्ता नम्बर ५७२ र ९२१ को जग्गा प्रचलित भूमि सम्बन्धी कानुनको विपरीत गैरकानुनी लाभ-हानि पुर्याउने बदनियतले व्यक्तिको नाममा कायम गरी भ्रष्टाचार गरिएको अनुसन्धानबाट खुलेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)