नेप्से परिसूचक ३६ दशमलव २५ अंकले घट्यो
clickmandu.com · Wed Sep 23 10:13:56 GMT 2026

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६ दशमलव २५ अंकले घटेर दुई हजार ६१८ दशमलव ०३ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३३ अंकले घटेर ४६७ दशमलव ४६ मा पुगेको छ । त्यसैगरी फ्लोट सूचक दुई दशमलव ६० अंकले घटेर १८० दशमलव ३९ मा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)