धनकुटा नगरपालिकालाई अन्तर्राष्ट्रिय सम्मान
annapurnapost.com · Wed Sep 23 10:02:15 GMT 2026

धनकुटा : धनकुटा नगरपालिकाले निबुवा-तांखुवा जलाधार क्षेत्रमा सञ्चालन गरेको जलाधार क्षेत्र संरक्षणका लागि सहभागितामूलक जलाधार सुशासन अभ्यासका लागि अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ।
अन्तर्राष्ट्रिय सहभागितामूलक लोकतन्त्र पर्यवेक्षण संस्था ओआईडीपीले प्रदान गर्ने २०औँ ओआईडीपी अवार्ड, नागरिक सहभागितामा सर्वोत्कृष्ट अभ्यासअन्तर्गत धनकुटालाई पारिस्थितिकीय रूपान्तरण र वातावरण विधामा बिशेष सम्मान प्रदान गरिएको हो। पोल्याण्डको क्राकोभ सहरस्थित ICE Krakow Congress Centre मा मंगलबार आयोजित अवार्ड समारोहमा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले नगरपालिकाको तर्फबाट सम्मान ग्रहण गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)