भूमिहीन भन्दै सरकारी जग्गा वितरण गरेको आरोपमा १२ जनाविरुद्ध मुद्दा
onlinekhabar.com · Wed Sep 23 10:06:09 GMT 2026

७ असोज, काठमाडौं । सरकारी जग्गा भूमिहीनलाई दिने दिँदा भ्रष्टाचार गरेको आरोपमा १२ जनाविरुद्ध मुद्दा दायर भएको छ। कालिकोटको खाँडाचक्र नगरपालिका-१ मा भूमिहीनलाई जग्गा दिँदा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
वडा सचिवसहितले पदको दुरुपयोग गरी कर्णाली राजमार्गसँगै जोडिएको कित्ता नम्बर १७७२ को नगर विकास समितिको नाममा भएको जग्गा आफ्नी आमाको नाममा दर्ता गरेको उजुरी परेपछि अनुसन्धान गर्दा कैफियत भेटिएको अख्तियारले जनाएको छ। उजुरीपछि अनुसन्धान गर्दा कित्ता नं. ५७२ र ९२१ को जग्गा भूमिसम्बन्धी प्रचलित कानुन विपरीत तत्कालीन भूमिसम्बन्धी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष धिरबहादुर बमसमेतले व्यक्तिका नाममा कायम गराएको भेटिएको अख्तियारको दाबी छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)