सरकारी जग्गा व्यक्तिकाे नाममा दर्ता : भूमि आयोग कालिकोटका तत्कालीन अध्यक्ष बमसहित १२ जना अख्तियारकाे फन्दामा
arthadabali.com · Wed Sep 23 10:15:22 GMT 2026

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको खाँडाचक्र नगरपालिकामा सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा १२ जनाविरुद्ध मुद्दा दर्ता गरेकाे छ ।खाँडाचक्र नगरपालिका१ का वडा सचिवसमेतको मिलेमतोमा कर्णाली राजमार्गसँगै जोडिएको खाँडाचक्र नगर विकास समितिको स्वामित्वमा रहेको कित्ता नं. १७७२ तथा सरकारी प्रकृतिका कित्ता नं. ५७२ र ९२१ का जग्गा प्रचलित कानुनविपरीत व्यक्तिका नाममा दर्ता तथा भोगचलन कायम गरेकाे आरोपमा अख्तियारले विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हाे।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)