न्यून मूल्यांकन गरेर सवा ४ करोड राजस्व छलीको अभियोग
ekantipur.com · Tue Jul 11 16:52:24 GMT 2023
काठमाडौँ — दुई महिनाअघि वीरगन्ज भन्सारबाट छुटाइएको व्यापारिक सामानमा ४ करोड ३८ लाख राजस्व छलिएको राजस्व अनुसन्धान विभागले बताएको छ । ब्रान्डेड जुत्ता, टिसर्टलगायत वस्तुको न्यून मूल्यांकन गराएर रुट्स फेसन प्रालिले आयात गरेको भन्दै व्यापारिक वस्तु बोकेका तीन कन्टेनर हेटौंडाबाट नियन्त्रणमा लिइएको थियो ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर ती कन्टेनरलाई विभागमा बुझाएको छ । भन्सार मूल्यांकन सूचीभन्दा फरक मूल्य घोषणा गरेर कम्पनीले व्यापारिक सामान आयात गरेको विभागको निष्कर्ष छ । प्रज्ञापनपत्र नम्बर एम ५४६३४ बाट आयात गरिएका जुत्ताको प्रतिजोर मूल्यांकन ४५ अमेरिकी डलर हुनुपर्नेमा १५ देखि २० डलर मात्र राखिएको विभागले जनाएको छ । विभागले राजस्व चुहावट नियन्त्रण ऐनअनुसार बिगो २ करोड १८ लाख र बिगोबमोजिमको शतप्रतिशत जरिवाना बराबरको रकम दाबी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)