सीएनएन, पोलिटिको लगायतका समाचारले ‘राष्ट्रिय सुरक्षामा खतरा निम्त्याएको अमेरिकी न्याय मन्त्रालयको दाबी
ratopati.com · Wed Sep 23 10:25:01 GMT 2026

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सीएनएन, एमएसएनओडब्ल्यू र पोलिटिकोका पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्धको बचाउ गर्दै ती सञ्चारमाध्यमका केही समाचारले राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याउन सक्ने दाबी गरेको छ ।
अमेरिकी न्याय मन्त्रालयले मंगलबार राति अदालतमा पेस गरेको जबाफमा ह्वाइट हाउसमा प्रवेश गर्ने विषय पत्रकारको अधिकार नभई राष्ट्रपतिको नियन्त्रणमा रहेको विशेष सुविधा भएको तर्क गरेको छ । मन्त्रालयले राष्ट्रपति कार्यालयका प्रतिबन्धित क्षेत्र, ओभल अफिसलगायतमा पत्रकारको पहुँच नियन्त्रण गर्ने अधिकार राष्ट्रपतिसँग रहेको दाबी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)