पोखरामा यसरी गरिँदैछ ‘फ्लाई दुबई’लाई स्वागत
canadanepal.com · Wed Sep 23 10:22:52 GMT 2026

गण्डकी - दुबई अन्तरराष्ट्रिय विमानस्थलबाट पाँच घण्टाको उडान अवधि पार गर्दै फ्लाई दुबईको बोइङ ७३७ म्याक्स जहाज आज साँझ ६ः१५ बजे पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ । दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडानअन्तर्गत पहिलोपटक पोखरा अवतरण गर्न लागेको फ्लाई दुबईको जहाजलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा स्वागतका लागि विशेष तयारी गरिएको छ ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जहाज अवतरण हुँदासाथ पानीको फोहराले स्वागत गरिने जानकारी दिनुभयो । यात्रुको स्वागतमा सरकारी अधिकारी, पर्यटन सम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिलगायत सहभागी रहने उहाँले बताउनुभयो । “पहिलो उडानबाट पोखरा आउने यात्रुको स्वागतसँगै पोखरादेखि दुबई जाने यात्रुको बिदाइ पनि गरिनेछ”, महाप्रबन्धक निरौलाले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)