एमाले नेता विष्णु रिजालको प्रस्ताव- ‘जहिले पनि सरकारमा जाने नीति फेरौं’
kendrabindu.com · Wed Sep 23 10:27:28 GMT 2026

नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले पार्टीको आगामी दिशा तय गर्न वामपन्थी एकता, नयाँ पुस्ताको सहभागिता, डिजिटल संरचनाको विस्तार र सत्ता राजनीतिबारे गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्।
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्दै रिजालले निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै अध्यक्षले प्रस्तुत गरेको मार्गचित्रलाई आफूले समर्थन गर्ने बताए। उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको व्याख्यापछि पार्टीका मुख्य नेताबीच देखिएको अविश्वासको अवस्था स्पष्ट भएको उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)