मन्त्री पुन र चिनियाँ राजदूतद्वारा निरीक्षण
reportersnepal.com · Wed Sep 23 10:28:21 GMT 2026

ललितपुर, ७ असोज । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) को भ्रमण गरी चिनियाँ ‘डिएनए’ तथा ‘फरेन्सिक’ पहिचान विज्ञहरूले गरिरहेको कामको अवलोकन गरेका छन् ।
ललितपुरको खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) मा पुगी आज उनीहरुले रसुवा बाढीमा परेका मृतक तथा बेपत्ता व्यक्तिका परिवारको डिएनए परीक्षणमा सहयोग गरिरहेका विशेषज्ञ टोलीप्रति आभार व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)