मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अन्डाको मूल्य फेरि बढ्यो : कति पुग्यो ?

clickmandu.com · Wed Sep 23 10:32:25 GMT 2026

काठमाडौं । अन्डाको मूल्य पुन: बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको समर्थन मूल्य पुनः वृद्धि गरेको हो। संघले एक्सल र ठूलो आकारको अन्डाको मूल्य बढाएको हो जुन नयाँ मूल्य असोज ७ गतेदेखि नै लागू भइसकेको छ ।

नयाँ मूल्यसूची अनुसार एक्सल अन्डा प्रतिक्रेट ६ सय १५ रुपैयाँ र ठूलो अन्डा प्रतिक्रेट ६ सय रुपैयाँ पुगेको छ । यसअघि गत भदौ १९ गते तोकिएको मूल्यमा एक्सल अन्डाको प्रतिक्रेट ६ सय र ठूलो अन्डाको ५ सय ९० रुपैयाँ थियो ।यसपटक एक्सलमा १५ रुपैयाँ र ठूलो अन्डामा १० रुपैयाँ मूल्य बढाइएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)