मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित १२ जनाविरुद्ध मुद्दा दायर
annapurnapost.com · Wed Sep 23 10:30:24 GMT 2026

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कालिकोटका तत्कालीन कार्यालय प्रमुख नेत्रबहादुर शाहीसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
सरकारी तथा सार्वजनिक प्रकृतिको जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा तत्कालीन कार्यालय प्रमुख शाही,कम्प्यु अपरेटर विरेन्द्रबहादुर शाही,नायब सु्ब्बा मुकुन्द बस्नेत,कार्यालय सहयोगी (करार)भक्त बहादुर शाहीविरुद्ध मुद्दा दायर भएको हो। तत्कालीन कार्यालय प्रमुख नेत्र,कम्प्युटर अपरेटर विरेन्द्र र नायब सुब्बा मुकुन्दविरुद्ध १ करोड ७६ लाख हजार ८६ हजार ८०० रुपैयाँ विगो माग गरिएको छ। कार्यालय सहयोगी बस्नेतमाथि ७५ लाख ९२ हजार ४०० रुपैयाँ विगो माग गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)