असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, प्रधानमन्त्रीद्वारा सतर्क रहन आग्रह
emountaintv.com · Wed Sep 23 10:39:33 GMT 2026

काठमाडौं । प्रधानमन्त्रीले आगामी शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्।प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने जानकारी दिएका हुन्।पूर्वानुमानअनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने सम्भावना छ। यस्तै, कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाइएको छ।
मौसम प्रणालीको प्रभावका कारण पोखरा आसपास, लुम्बिनीका पहाडी तथा तराई क्षेत्र, ताप्लेजुङलगायत कोशी प्रदेशका हिमाली भूभाग, बागमतीका पहाडी क्षेत्र, जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिम रहन सक्ने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)