लिभरपुललाई हराउँदै म्यानचेस्टर युनाइटेको पहिलो जित
pahilopost.com · Tue Aug 23 00:42:38 GMT 2022
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई हराएको छ। ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा लिभरपुलमाथि २-१ गोल जित निकाल्दै तेस्रो खेलमा आएर युनाइटेडले सिजनको पहिलो जित निकालेको हो।
खेलको १६ औं मिनेटमा एन्थोनी एलाङ्गाको पासमा जोर्डन साञ्चोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको युनाइटेडलाई दोस्रो हाफमा मार्कस रासफोर्डले गोल थप्दै अग्रता दोब्बर बनाए। उनले खेलको ५३ औं मिनेटमा एन्थोनी मार्सियलको पासमा गोल गरेका थिए। अर्कोतर्फ ८१ औं मिनेटमा मोहम्मद सलाहले लिभरपुलका लागि गोल फर्काए पनि खेलमा फर्कन त्यो पर्याप्त हुन सकेन।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)