बैंगलोरकाे लगातार दोस्रो जित
nepallive.com · Wed Apr 14 18:02:00 GMT 2021
मुम्बई- ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलोरले लगातार दोस्रो जित निकालेको छ। बुधबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ६ रनले पराजित गर्दै बैंगलोरले दोस्रो जित निकालेको हो।
बैंगलोरले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो। हैदरावादका लागि कप्तान डेभिड वार्नरले ५४ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ३७ बलमा ७ चाैका र एक छक्का हाने।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)