जाडोयाममा लोडसेडिङ हुन दिन्नौँः कार्यकारी निर्देशक श्रेष्ठ
emountaintv.com · Wed Sep 23 10:51:49 GMT 2026

काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले १० भदौको रसुवाको भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजनाको पुनर्निमाण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । बुधवार दरबारमार्गस्थित प्राधिकरणको कार्यालयमा पदबहाली गर्दै उहाँले यस्तो बताउनुएको हो । उहाँले हिउँदयाममा विद्युत आपूर्ति सहज बनाउन वैकल्पिक उर्जाको खोजि भइरहेको समेत बताउनु भयो । उहाँले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीकमा आएको बाढीबाट क्षतिग्रस्त परियोजनाहरुलाई राष्ट्रिय प्रणालीमा जोड्ने कार्य शुरु भइसकेको समेत जानकारी दिनुभयो । बाढीका कारण क्षतिग्रस्त जलविद्युत आयोजनाको पुनर्निमाणको लागि तत्कालीन र दीर्घकालिन रणनीति निर्माणमा जुट्ने समेत बताउनु भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)