झोला छाडेर भागेका विद्यार्थी कक्षामा फर्किए, तर हटेको छैन त्रास
ratopati.com · Wed Sep 23 10:54:46 GMT 2026

धादिङ । धादिङको गल्छी गाउँपालिका–६, बैरेनीस्थित श्री बागेश्वरी माध्यमिक विद्यालयको परिसरमा अहिले बालबालिकाको हल्ला त सुनिन्छ, तर उनीहरू आफ्ना पुराना कक्षाकोठामा छैनन्। भदौ १० गते आएको बाढीले विद्यालयको स्वरूप नै बदलिदिएको थियो।
पूर्वसूचना र चेतावनी पाएका कारण यहाँ मानवीय क्षति भने हुन पाएन। तर, ज्यान जोगाउन हतारहतार भाग्दा विद्यार्थीले आफ्ना झोला, किताब र अन्य शैक्षिक सामग्री कक्षाकोठामै छाडेका थिए। बाढीले विद्यालयको परिसर र कक्षाकोठामा माटो, लेदो र बालुवाको थुप्रो लगाइदियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)