नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो
reportersnepal.com · Wed Sep 23 10:55:08 GMT 2026

काठमाडौँ, ७ असोज । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घटेर दुई हजार ६१८ दशमलव ०३ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३३ अङ्कले घटेर ४६७ दशमलव ४६ मा पुगेको छ । त्यसैगरी फ्लोट सूचक दुई दशमलव ६० अङ्कले घटेर १८० दशमलव ३९ मा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)