टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्र एक स्थान तल
ratopati.com · Wed Sep 23 10:56:02 GMT 2026
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसीको टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा एक स्थान तल झरेका छन् ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार दीपेन्द्र २५६ रेटिङ अंकसहित तेस्रोबाट चौथो स्थानमा पुगेका हुन् । पछिल्लो समय नेपालले टी–२० अन्तर्राष्ट्रिय खेल नखेलेका कारण दीपेन्द्रको रेटिङ अंकमा परिवर्तन नभए पनि इंग्ल्यान्डका विल ज्याक्सले श्रीलंकासँगको टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा गरेको प्रदर्शनका आधारमा छलाङ मारेपछि दीपेन्द्र एक स्थान तल झरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)