पर्यटन क्षेत्रको पुनर्रुत्थानका लागि ‘संकटदेखि पुनर्लाभसम्म’ कार्यशाला सम्पन्न
ratopati.com · Wed Sep 23 11:00:00 GMT 2026

काठमाडौँ । पाटा नेपाल च्याप्टरको आयोजनामा भदौ १० गतेको बाढीपछि नेपालको पर्यटन क्षेत्रको संकट सञ्चार सुदृढ पार्न र पर्यटन करिडोर पुनर्निर्माणका लागि ‘संकटदेखि पुनर्लाभसम्म: सञ्चार, समन्वय र नेपालको पर्यटन करिडोरको पुनर्निर्माण’ शीर्षकमा मानव संसाधन विकास कार्यशाला आयोजना गरिएको छ।
पाटा मुख्यालय, पाटा फाउन्डेसन र इ-टुरिजम फ्रन्टियर्सको सहकार्यमा होटल याक एन्ड येतीमा सोमबार आयोजित उक्त कार्यशालामा १२० भन्दा बढी पर्यटन सरोकारवालाहरू सहभागी भएका थिए। कार्यक्रममा होटल व्यवसायी, ट्राभल तथा टुर अपरेटर, राष्ट्रिय पर्यटन संस्था, गन्तव्य व्यवस्थापन कम्पनी, विमानसेवा र सञ्चारमाध्यमका प्रतिनिधिहरूले समन्वित अग्रगामी मार्गचित्र तय गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)