संकटमा रैथाने बाली
nepalnews.com · Wed Sep 23 10:57:41 GMT 2026

पाल्पा। माथागढी गाउँपालिका ओलेसका किसानले उब्जाउ गर्ने गरेको स्थानीय दानाको कालो भट्ट कुनै समय खाद्यान्न मात्रै थिएन, घरखर्च चलाउने बलियो आधार थियो। मकैसँगै बारीमा भट्ट लगाउने, उत्पादन बेच्ने र त्यसबाट आएको आम्दानीले वर्ष दिनका लागि चामलको जोहो गर्ने यहाँको पुरानो चलन हो।
यस क्षेत्रका ६० भन्दा बढी घर परिवारले बर्सेनि बीउ जोगाउँथे, अर्को वर्ष त्यही बीउ बारीमा लगाउँथे । तर अहिले पुस्तौंदेखि गाउँमै जोगिँदै आएको स्थानीय जातको कालो भट्टको बीउ पाउनै मुस्किल परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)