सम्भावित भारी वर्षालाई लक्षित गर्दै सडक विभाग उच्च सतर्कतामा, अवरुद्ध सडक २ घण्टाभित्रै खुलाइने !
ratopati.com · Wed Sep 23 11:01:06 GMT 2026

काठमाडौँ । शुक्रबारदेखि केही दिनसम्म भारी वर्षा हुने पूर्वानुमान भएसँगै त्यसबाट हुन सक्ने बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै सडक विभागले उच्च सतर्कता अपनाएको छ। सम्भावित विपद्का कारण मुख्य राजमार्गहरू अवरुद्ध हुन नदिन विभागले देशभर २४० भन्दा बढी हेभी उपकरण (मेसिन) र प्राविधिक टोलीलाई तयारी अवस्थामा (स्ट्यान्डबाई) राखेको छ।
सडक विभागका उपमहानिर्देशक एवम् प्रवक्ता शुभराज न्यौपानेले वर्षाका कारण कतै सडक अवरुद्ध भएमा सूचना पाएको आधा घण्टाभित्र मेसिन पुग्ने र दुई घण्टाभित्र सडक सुचारु गर्ने गरी विशेष कार्ययोजना लागू गरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)