भीमदत्तमा खानेपानी आयोजनाका लागि ऋण लगानी सम्झौता
abhiyandaily.com
महेन्द्रनगर (अस) । कञ्चनपुरको भीमदत्त नगरपालिकामा बृहत् खानेपानी आयोजना निर्माण गरिने भएको छ । भीमदत्त नगरपालिका–६ र ७ का स्थानीय बासिन्दाका लागि ‘पूर्णागिरि शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ आयोजना’ निर्माण गर्न लागिएको हो । एशियाली विकास बैंकको वित्तीय सहयोगमा सञ्चालित शहरी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ आयोजना निर्माणका लागि नगर विकास कोषसँग ऋण लगानी सम्झौता भएको छ ।
आइतवार नगर प्रमुख सुरेन्द्र विष्टको जमानतमा नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र पूर्णागिरि शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समिति अध्यक्ष देवेन्द्रराज ढुंगानाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । २१ करोड २८ लाख ४८ हजार रुपैयाँमा ठेक्का लागेको उक्त आयोजनमा नेपाल सरकारको तर्फबाट ७० प्रतिशत अनुदान बापत १४ करोड ८९ लाख ९३ हजार, नगर विकास कोषको तर्फबाट २५ प्रतिशत ऋणबापत ५ करोड ३२ लाख १२ हजार उपलब्ध हुनेछ भने ३ प्रतिशत नगरपालिका र २ प्रतिशत उपभोक्ता समितिले बेहोर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)