भारतिय प्रधानमन्त्रि मोदीलाई पाकिस्तानको भ्रमणकाे निमन्त्रणा
barnanmedia.com · Fri Aug 30 21:46:31 UTC 2024

यस वर्ष अक्टोबरमा आयोजना हुने साङ्घाई सहयोग सङ्गठन (एससीओ) काउन्सिल अफ हेड्स अफ गभर्नमेन्ट (सिएचजी) को व्यक्तिगत बैठकका लागि भारतले पाकिस्तानबाट निमन्त्रणा प्राप्त गरेको छ ।
विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता रणधीर जयसवालले शुक्रबारको साप्ताहिक मिडिया ब्रिफिङमा इस्लामावादको निमन्त्रणा पुष्टि गर्दै विदेश मन्त्रालयसँग साझेदारी गर्न कुनै अपडेट नभएको बताए ।“हो, हामीलाई सिएचजीको बैठक (एससीओ बैठक) का लागि पाकिस्तानबाट निमन्त्रणा प्राप्त भएको छ, हामीसँग यसबारेमा कुनै अपडेट छैन, अवस्था के हो पछि थाहा पाउनेछौँ”, उनले भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)