मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जुलाई महिनामा १७८८ नेपालीले पाए अमेरिकाको विद्यार्थी भिसा

barnanmedia.com · Fri Aug 30 21:43:15 UTC 2024

जुलाइ महिनामा अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीको संख्यामा अभूतपूर्व रेकर्ड कायम भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएअनुसार जुलाईमा १७ सय ८८ जना नेपालीले अमेरिकाको विद्यार्थी भिसा पाएका छन ।

यो संख्या चालू आर्थिक बर्षकै सबैभन्दा धेरै हो । ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुसार बिद्यार्थी भिसा पाउनेहरुका ६३ जना डिपेन्डेन्टहरुले पनि एफ टु भिसा पाएका छन । योसँगै चालु आर्थिक बर्षको १० महिनामा अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीहरुको संख्या १० हजार ९ सय ८८ पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)