पाकिस्तान–अफगानिस्तान सीमामा फेरि तनाव
ratopati.com · Wed Sep 23 11:05:05 GMT 2026

इस्लामावाद । पाकिस्तानका स्थानीय अधिकारीहरूले अफगान तालिबान सेनाले रातभर पाकिस्तानी सीमा चौकीमा मोर्टार तथा अन्य भारी हतियारबाट गोलाबारी गरेको बताएका छन् । काबुलले भने आफ्ना सुरक्षाकर्मीले त्यस्तो कुनै आक्रमण नगरेको दाबी गरेको छ ।
पाकिस्तानी अधिकारीहरूका अनुसार पाकिस्तानी सेनाले आतङ्कवादी समूहको सीमापार घुसपैठ प्रयास विफल पारेपछि अफगान तालिबान सेनाले सीमा चौकीलाई लक्षित गरी गोलाबारी गरेको हो । पाकिस्तानी सेनाले जवाफी कारबाहीमा तालिबानका सीमा चौकी, मोर्टार प्रहार गर्ने स्थान र अन्य रक्षात्मक संरचनालाई तोपखानाबाट निशाना बनाएको उनीहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)