सङ्क्रामक पशु रोग(नियन्त्रण) विधेयक स्वीकृत
ratopati.com · Wed Sep 23 11:07:21 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभाबाट ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ स्वीकृत भएको छ । सभाको आजको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्रस्तुत गरेको राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको हो ।
उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरीले ग्रामीण अर्थतन्त्रको मुख्य आधारका रूपमा कृषि र पशुधन रहेको अवस्थामा सङ्क्रामक पशु रोग फैलिनुभन्दा अगाडि नै रोकथाम गर्न जरुरी रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)