कुलर, फ्रिज र पूजा गर्ने कलशमा लामखुट्टे प्रजनन
gorkhapatraonline.com · Wed Sep 23 11:09:09 GMT 2026

डेंग सङ्क्रमण तीव्र गतिमा फैलिएको बागलुङ नगरपालिका क्षेत्रमा गरिएको सर्वेक्षणले भाँडा, कुलर, फ्रिज, गमलाको प्लेट, पूजा गर्ने कलश र प्रयोग नभएका टायरमा डेंग सार्ने लामखुट्टेको लार्भा, प्युपा तथा अण्डा भेटिएको छ ।
डेंगु सङ्क्रमणको कारण, जोखिमको कारक तथा फैलिरहेको डेंगुको भेरियन्ट पहिचान गर्न स्वास्थ्य सेवाका डा. गोकर्ण दहाल, इपिडिमियोलोजिस्ट कौशल सवेदी र विश्व स्वास्थ्य संगठनका इन्टोमोलोजिस्ट शिशिर पन्तको टोलीले घनाबस्ती रहेको बागलुङ नगरपालिका क्षेत्रका ३ वटा वडामा ‘भेक्टर सर्भे तथा केस–कन्ट्रोल’ सर्वेक्षण गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)