कुनै समय हेलामा परेका बैंकको पुनरागमन, १९ मध्ये १२ बैंक '५२ साता'कै उच्च विन्दु नजिक
aarthiknews.com

काठमाडौं । केही महिनाअघिसम्म धितोपत्र बजारमा वाणिज्य बैंकका सेयरप्रति लगानीकर्ताको आकर्षण न्यून थियो । जलविद्युत, फाइनान्स, उत्पादन तथा प्रशोधन लगायतका समूहको तुलनामा बैंकिङ क्षेत्रलाई ‘स्लो मुभिङ’ समूहका रुपमा हेरिन्थ्यो । तर अहिले अवस्था फेरिएको छ । बजार निरन्तर उतारचढावमा रहँदा पनि अधिकांश वाणिज्य बैंकका सेयर ५२ साताकै उच्च मूल्य नजिक पुगेका छन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १९ वाणिज्य बैंकमध्ये १२ बैंकको सेयर मूल्य आफ्नो ५२ साताको उच्च विन्दुभन्दा ९ प्रतिशतभित्र कारोबार भइरहेको छ । यसले पछिल्लो समय लगानीकर्ताको ध्यान पुनः बैंकिङ क्षेत्रतर्फ फर्किएको संकेत गरेको छ । तथ्यांकअनुसार सिद्धार्थ बैंक हालसम्मकै उच्च विन्दु नजिक छ । बैंकको सेयर मूल्य ४५७ रुपैयाँमा कारोबार हुँदा ५२ साताको उच्च मूल्य ४५९.८० रुपैयाँ छ । अर्थात् यस बैंकको सेयर मूल्य ५२ हप्ताको हाई भन्दा केवल ०.६५ प्रतिशत तल छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)