मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

उपाधि होडबाट नेपाल बाहिरियो

rajdhanidaily.com · Tue Aug 02 23:45:25 GMT 2022

काठमाडौं । साबिक विजेता तथा आयोजक भारतले राउन्ड रोविन लिगको अन्तिम खेलमा माल्दिभ्सलाई १–० ले पराजित गर्दै साफ यू–२० च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षित गर्दा नेपाल बाहिरिएको छ ।

नेपाललाई फाइनल प्रवेश गर्न भारतले अन्तिम खेलमा माल्दिभ्ससँग पराजित हुनुपर्ने थियो । तर, आपूm अनुकूल नतिजा ननिस्किएपछि नेपाल बाहिरिन पुग्यो । यो नतिजापछि बंगलादेश चार खेलबाट १० अंक जोडेर लिग चरणका शीर्षस्थानमा रह्यो । भारतले चार खेलबाट ९ अंक जोड्दै फाइनलमा स्थान पक्का ग¥यो । नेपाल ६ अंक जोडेर तेस्रो तथा माल्दिभ्स र श्रीलंकाले समान १ अंक जोड्यो । अब, फाइनलमा बंगलादेश र भारतबीच २० साउनमा प्रतिस्पर्धा हुनेछ । लिग चरणमा बंगलादेशले माल्दिभ्सलाई २–१ ले पराजित गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)