भैरव टेक्नोलोजी विश्वका २५० एमएसएसपीमध्ये १५१ औं स्थानमा
abhiyandaily.com
काठमाडौं (अस) । नेपालमा स्थापित भैरव टेक्नोलोजी विश्वका एमएसएसपी प्रदायकमध्ये १५१ औं स्थानमा पर्न सफल भएको छ । भैरव टेक्नोलोजी एसियामा उत्कृष्ट १५ मा रहेको छ । सन् २०१८ मा नेपालमा स्थापना भएको भैरव टेक्नोलोजीले स्थापनाकालदेखि नै विभिन्न राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीलाई उत्कृष्ट साइबर सेक्युरिटी सोलुसन उपलब्ध गराउँदै आएको छ ।
विश्वमै साइबर सेक्युरिटीमा प्रसिद्धि कमाएको भैरव टेक्नोलोजीले आर्टिफिसियल इन्टेलिजेन्ससहितको एसओसी (सेक्युरिटी अपरेसन्स सेन्टर) को साइबर थे्रट मनिटरिङ सिस्टम (सीटीएमएस्) द्वारा कम्पनीलाई साइबर सुरक्षा प्रदान गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)