लुम्बिनी लायन्समा डार्सी सर्टलाई निरन्तरता
ratopati.com · Wed Sep 23 11:18:46 GMT 2026
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि लुम्बिनी लायन्सले अस्ट्रेलियाका अनुभवी क्रिकेटर डार्सी सर्टलाई पुनः टोलीमा निरन्तरता दिएको छ। लुम्बिनी लायन्सले बुधबार सामाजिक सञ्जालमार्फत सर्टलाई ‘वेलकम ब्याक’ भन्दै उनको तस्बिर सार्वजनिक गरेको हो।
बायाँ हाते ब्याटर सर्ट लुम्बिनी लायन्सका लागि दोस्रो संस्करणमा महत्वपूर्ण खेलाडी बनेका थिए। उनले गत सिजन १० खेलमा २५६ रन बनाएका थिए। लुम्बिनीका लागि कप्तान रोहित पौडेलपछि सर्वाधिक रन बनाउने ब्याटर पनि सर्ट नै थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)