हुम्लाको पूर्व गाउँपालिका उपाध्यक्ष सौमत रावललाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार
barnanmedia.com · Wed Jul 31 22:08:22 UTC 2024

हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–५ बारी गाउँकी पूर्व गाउँपालिका उपाध्यक्ष सौमत रावल (ऐडी)लाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
पूर्वउपाध्यक्ष ऐडी सुत्केरी हुने समय नपुग्दै ६ महिनाको बच्चा जन्माउँदा साल अड्कीएपछि बेहोस हुँदा बुधबार साँझ ६ बजेट सुर्खेत उद्धार गरिएको जिल्ला अस्पताल हुम्लाका सरिता बोहराले बताउनुभयो ।ऐडीले मङ्गलबार बच्चा जन्माएर रातिदेखि रगत धेरै बगिरहेको र साल अड्किएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत हेलिकोप्टरको बुधबार माग गरि आजै उद्धार गरिएको सिनीयर अनमी बोहराले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)