‘सूचना लुकाएको’ अभियोगमा १५ हजार जरिबाना भएको व्यक्तिलाई इजरेलको राजदूतमा सिफारिस
barnanmedia.com · Wed Jul 31 22:04:17 UTC 2024

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ‘सूचना लुकाएको’ अभियोगमा १५ हजार जरिबाना भएको व्यक्तिलाई इजरेलको राजदूतमा सिफारिस गरेको छ ।
सरकारले सोमबार गरेको १८ देशका लागि राजदूतमा सिफारिस भएका मध्ये इजरेलका लागि राजदुत सिफारिस भएका धनप्रसाद पण्डित सूचना लुकाएको आरोपमा दोषी ठहर भएर १५ हजार रुपैया जरिवाना भएको थियो । उनी नेपाली कांग्रेसको कोटामा राजदूत सिफारिस भएका हुन् । नयाँ राजदूत सिफारिस गरिएका १८ देशमा अमेरिका, बेलायत, दक्षिण कोरिया, रसिया, कतार, चीन, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, भारत, अस्ट्रेलिया, साउदी अरब, अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनी छन् । यसरी सिफारिस हुनेमा अधिकांश परराष्ट्रको अनुभव नभएका व्यक्ति भएको भनी आलोचना भइरहँदा एक व्यक्ति भने जरिबाना भएको पाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)